विप्लवका नेता ओलीलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

तु खबर संवाददाता
२०७८ असार ३१,बिहीबार १८:२३

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न आदेश गरेको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर गरेको छ । प्रहरीले ०७५ चैत ९ उनलाई काभ्रेबाट पक्राउ गरेको थियो ।

हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राजद्रोह र संगठित अपराध मुद्दामा जिल्ला अदालत ललितपुरले ओलीलाई थुनामा राख्ने आदेश गरेको थियो । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेसँगै उनी लामो सयमदेखि नख्खु कारागारमा थिए ।

अस्वस्थताका कारण ओली केही दिनदेखि बाँसबारीस्थित गंगालाल अस्पतालमा उपचार गराइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*