ट्रकको ठक्करबाट असईको मृत्यु

तु खबर संवाददाता
२०७८ असार ३१, बिहीबार १५:४९

बारा । रौतहटमा कार्यरत नेपाल प्रहरीका एक असईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार राउतको दुर्घटनामा मृत्यु भएको हो ।

राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

प्रदेश २–०३–००१ ख ७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*