शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको कोरोना परीक्षण गरिने

तु खबर संवाददाता
२०७८ असार ३१, बिहीबार १३:१५

मकवानपुर । संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको छ।

स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि सांसदहरुको शुक्रबार नै कोरोना परीक्षण गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो ।

संघीय संसदको प्रतिनिधि र राष्ट्रियसभा दुबै तर्फका सांसद मर्यादापालक तथा कर्मचारीको कोरोना परीक्षण गराउने तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*