जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्दै

तु खबर संवाददाता
२०७८ असार २९, मंगलवार १७:४४

मकवानपुर । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्भा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट शर्मा र भुषाललाई पठाउने निर्णय भएको हो ।

माओवादीबाट शर्मा अर्थमन्त्री र भुसाल उर्जामन्त्री बन्ने भएकी हुन् ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*