चिकित्सक लाइसेन्सको परीक्षा साउन अन्तिममा

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार १५:५२
file-photo

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स (दर्ता) परीक्षा आगामी साउन अन्तिम सातामा गर्ने भएको छ ।

सोमबार काउन्सिलले २८ र २९ साउनमा लाइसेन्स परीक्षा गर्ने जानकारी दिएको हो ।

असार २९ गतेदेखि साउन १८ गतेसम्म नियमित तथा साउन १९ र गतेमा बिलम्ब शुल्कसहित आवेदन भर्न सकिने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला २९ असारदेखि हुनेछ ।

अनलाइन आवेदन भने २४ सै घण्टा भर्न सकिने व्यवस्था रहेको काउन्सिलले जनाएको छ भने परीक्षा केन्द्र काठमाडौंमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*