संसद विघटनविरुद्धको मुद्दाको फैसला आज
मकवानपुर । सर्वोच्च अदालतमा दर्ता भएको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला आज सोमबार हुँदैछ ।
गत जेठ ७ गते राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरेर प्रतिनिधिसभा भंग गरेकी थिइन् ।
उक्त निर्णयको बदरको माग गर्दै विपक्षी गठबन्धन सर्वोच्च अदालतमा पुगेका थिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटनविरुद्धको रिटमा असार २१ मा सुनुवाई सकिएको थियो । जेठ ११ मा विघटनको बिरुद्धमा ३० वटा रिट दर्ता भएको थियो ।
विपक्षी गठबन्धनका नेता शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदले संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गरेका छन् । चारवटा रिटमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्नुपर्ने माग गरिएको छ ।
