हेटौंडाका बारुणयन्त्रका कर्मचारीलाई अग्नी सुरक्षा सामाग्री
मकवानपुर । हेटौंडा उपमनगरपालिका बारुणयन्त्रका कर्मचारीलाई अग्नीबाट बच्नको लागि सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ।
मेयर हरिबहादुर महतले शुक्रबार साढे तीन लाख रुपैयाँ मुल्य पर्ने अग्नी सुरक्षाका सामाग्री बारुणयन्त्रका कर्मचारीलाई हस्तान्तरण गरेका हुन् ।
यो सामाग्री लगाएर आगो लागेको स्थानमै भित्र पसेर आगलागीमा परेकाहरुलाई उद्धार गर्नका लागि सहज भएको छ ।
अहिले तत्कालको लागि चार जनालाई अग्नी सुरक्षा सामाग्री हस्तान्तरण गरिएको र पछी अरु थप गर्दै लगिने मेयर महतले बताए ।
