हेटौँडामा आज ७२७ जनाले लगाए भेरोसेल खोपको दोस्रो डोज
मकवानपुर । मकवानपुरको हेटौँडामा संचालित कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज कार्यक्रम अन्तरगत आज ७ सय २७ जना लगाएका छ ।
हिजोबाट सुरु भएको भेरोसेल खोपको दोस्रो डोज खोप कार्यक्रम उपमहानगरपालिकाको विभिन्न २० वटा स्वास्थ्य संस्थामा नै संचालन भएको हो ।
उपमहानगरपालिकामा हिजो १ हजार ३ सय ७१ जनाले दोश्रो डोज भेरोसेल खोप लगाएका थिए ।
गत जेठ महिनाको २६ र २७ गते २ हजार २ सय ३९ जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका थिए । उनीहरुलाई नै लगाउने उद्देश्यले खोप कार्यक्रम संचालन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार, केहि सिमित वार्डमा भने भोलि छिटपुट खोप लगाउने कार्यक्रम रहेको छ । आज ८० प्रतिशत स्वास्थ्य संस्थाले आफ्नो लक्ष्य अनुसार खोप दिन सफल भएका छन् ।
