बाँसको तामा लिन गएकी युवतीको खोलाले बगाएर मृत्यु
सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ ।
अग्निसाइर–१ की २२ वर्षीया महाकुमारी साहको मृत्यु भएको हो।
आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो।
