९ दिनदेखि हराइरहेकी युवतीको शव ब्रम्हस्थानी सामुदायिक बनमा भेटियो
चितवन । चितवनको ब्रम्हस्थानी सामुदायिक बनमा एक युवतीको शव फेला परेको छ ।
९ दिन देखि हराइरहेकी राप्ती नगरपालिका वडा नम्वर ३ की २२ बर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ सामुदायिक बनमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जंगलमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन्।
एक सातादेखि केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
