ट्युनिशिया नजिक सागरमा डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु

एजेन्सी
२०७८ असार २०, आईतवार ०९:५०
सांकेतिक तस्वीर

काठमाडौं । लिवियाबाट इटली जाँदै गरेको एक डुंगा ट्युनिशिया नजिक भूमध्य सागरमा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ ।

ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार, ट्युनिशियाको रेड क्रिसेन्टले ८४ जनालाई उद्धार गरेको पुष्टि भएको छ । सो डुंगामा इजिप्ट, सुडान र बंगलादेशका नागरिक चढेका थिए ।

लिबियाको उत्तर पश्चिमी तट जुवाराबाट छुटेको सो डुंगा इन्जिनमा खराबीका कारण भूमध्य सागरमा डुबेको अधिकारीहरुले बताएका छन् ।

भूमध्य सागर युरोप र अफ्रिकाको बीचमा अवस्थित छ । अफ्रिका र मध्यपूर्वका धेरै नागरिकहरु गरिबी र युद्धका कारण त्यहाँबाट भागेर भूमध्य सागर पार गर्दै युरोपेली देश पुग्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*