सशर्त अनुदानको कार्यक्रममा बागमती सरकारले विभेद गर्यो : नेता जम्मकट्टेल

तु खबर संवाददाता
२०७८ असार १९, शनिबार १७:१६
file-photo

मकवानपुर । नेकपा माओवादी बागमती प्रदेशका संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले विपद् व्यवस्थापनको बजेट संविधान विपरित जिल्ला प्रशासनलाई पठाएकोमा आपत्ती जनाएका छन् ।

प्रदेशसभाको शनिबार बसेको दोस्रो बैठकमा बोल्दै नेता जम्मकट्ट्लले प्रदेश सरकारले पिवद्को बजेट प्रशासनलाई पठाएकोमा आपत्ती जनाउँदै यो कदम संघीयता विरोधि कदम भएको बताए ।

उनले सशर्ततर्फको अनुदानका कार्यक्रमहरुमा प्रदेश सरकारले विभेद गरेको भन्दै यो शीर्षक नसच्याएसम्म बजेटमाथिको छलफल चल्न नदिने बताए ।

नेता जम्मकट्टेलले बजेटमा विरोध पोख्दै सरकार उल्टो बाटो हिड्ने काम गरीरहेको बताए । प्रदेश सरकारले संचार माध्यम संचालन गर्नु भनेको उल्टो बाटो हिड्ने काम गरिरहेको उनको भनाई छ ।

तत्कालिन समयमा संचार माध्यम नभएकाले संघीय सरकार रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्र खोलेको भन्दै वर्तमान समयको अवस्था हुने हो भने ती संचार संस्था संचालनमा नआउने उनले बताए ।

उनले प्रदेश सरकारले आफु मातहतको संचार माध्यम संचालन गरेर स्वतन्त्र संचारमाथि नै प्रहार गरेकाले उक्त निर्णय फिर्ता गर्न माग गरे ।

नेता जम्मकट्टेलले सरकारले संसद्को मानमर्दन गरेर बजेट कार्यक्रमको २ प्रकारको पुस्तक प्रकाशन गरेको र उक्त पुस्तक फिर्ता नलगेसम्म बजेट माथि छलफल हुन नदिने भन्दै पुस्तकलाई सच्याएर ल्याउन आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*