भारतमा थप ५१ हजार जनामा कोरोना पुष्टि, १३ सयको मृत्यु

एजेन्सी
२०७८ असार ११, शुक्रबार १६:११

भारत । भारतमा थप ५१ हजारभन्दा बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले थप ६४ हजार ५ सय २७ जना कोरोनामुक्त भएको जनाएको छ । यससँगै कोरोनामुक्त हुनेको कूल संख्या दुई करोड ९१ लाख २८ हजार २६७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप एक हजार ३ सय २९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या तीन लाख ९३ हजार ३१० पुगेको छ ।

भारतमा अहिले कूल सक्रिय संक्रमितको संख्या छ लाख १२ हजार ८६८ रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*