मकवानपुरगढी गाउँपालिकाको बजेट ६२ करोड ९२ लाख रुपैयाँ (पूर्णपाठसहित)
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको बिहिबार बसेको सातौं गाउँसभामा आगामी आर्थिक वर्षको लागि कुल ६२ करोड ९२ लाख १७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक विकासलाई प्रथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि आर्थिक विकासतर्फ १० करोड ६० लाख ८० हजार रुपैयाँ मध्ये कृषि क्षेत्रमा २ करोड ६४ लाख १३ हजार, उद्योग क्षेत्रमा ६५ लाख रुपैयाँ, पर्यटन क्षेत्रमा १ करोड १४ लाख ५ हजार रुपैयाँ, सहकारी क्षेत्रमा ६६ लाख रुपैयाँ, जलस्रोत तथा सिंचाईको क्षेत्रमा २ करोड २२ लाख २० हजार रुपैयाँ, पशूपक्षि विकासमा २ करोड ८४ लाख ३२ हजार रुपैयाँ, भूमि व्यवस्थामा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यातायात पूर्वाधारमा १४ करोड ६२ लाख ९० हजार रुपैयाँ, भवन आवास तथा सहरी विकासमा ८८ लाख ५० हजार रुपैयाँ, उर्जामा ३५ लाख ६८ हजार रुपैयाँ, संचार तथा सूचना प्रविधिमा ८ लाख १८ हजार रुपैयाँ, विज्ञान तथा प्रविधिमा १० लाख ९५ हजार रुपैयाँ गरी पूर्वाधार विकास क्षेत्रमा कूल १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र अन्तरगत २ करोड रकम विनियोजन गरेको छ ।
हेर्नुहोस् पूर्णपाठ



