बाढीपहिरो पीडित स्मार्ट प्रयोगकर्तालाई १ सय रुपैयाँको ब्यालेन्स

तु खबर संवाददाता
२०७८ असार ५, शनिबार १७:१७
file-photo

काठमाडौं । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट पीडित स्मार्ट प्रयोगकताएलाई एक सय रुपैयाँका दरले ब्यालेन्स उपलब्भ गराउने भएको छ ।

टेलिकमले बाढीपहिरो पीडितलाई मध्यनजर गर्दै स्मार्ट प्रयोगकर्तालाई १ सय रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराउने भएको हो।

यस सुविधा मार्फत् स्मार्ट नेटवर्कभित्र अननेट कल गर्न तथा डेटा चलाउने सुविधा प्रदान गरिएको छ भने कम्पनीका अनुसार यो ब्यालेन्स ७ सात दिनसम्म मान्य हुने जनाएको छ ।

यस बिषयमा थप जानकारीका लागि स्मार्ट टेलिकमका ग्राहकले १४२४२ अथवा ९६११००४२४२ मा सम्पर्क गर्नसक्ने जनाइएको छ ।

साथै अन्य थप जानकारीको लागि कम्पनीको आधिकारिक वेवसाईटमा समेत भिजित गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*