मकवानपुरमा शनिबार १०३ जना भए कोरोना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ जेष्ठ ३०,आईतवार १०:११

मकवानपुर । मकवानपुरमा शनिबार एकैदिन १ सय ३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । शनिबार जिल्लामा होमआइसोलेशन र संस्थागत आइसोलेशनबाट गरी १ सय ३ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ शनिबार २४ जना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी संक्रमणमुक्त हुनेमा मनहरी गाउँपालिकाका ३७ जना, थाहानगरपालिकाका ११ जना, भीमफेदी गाउँपालिकाका ५ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना रहेका छन् ।

यसँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार १ सय ३ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, जिल्लामा शनिबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ९ हजार ७ सय ७० जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*