जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

तु खबर संवाददाता
२०७८ जेष्ठ ३०,आईतवार ०९:३३

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ ८ बजेको समयमा सिरहाको लहानबाट छुटेको बा १८ च १५६७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

उक्त दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा कटारी नगरपालिका–१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको रहेका छन् ।

घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीनै जनालाई उपचारको लागि कटारी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त जीप सडकबाट करीब २०० मिटर तल खसेको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*