आमा–बाबु नभएका बालबालिकालाई प्रदान गर्दै आएको आर्थिक सहायतालाई निरन्तरता दिने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा आमा–बाबु नभएका बालबालिकालाई प्रदान गर्दै आएको आर्थिक सहायतालाई निरन्तरता दिने घोषणा गरेको छ ।
बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा आमा–बाबु नभएका बालबालिकालाई प्रदान गरिँदै आएको आर्थिक सहायतालाई स्थानीय तहसँगको सहकार्यमा निरन्तरता दिने घोषणा गरेका हुन् ।
यसैगरी द्वन्द पीडित व्यक्तिहरुको प्रादेशिक अस्पतालमा निःशुल्क उपचार सेवा प्रदान गरिने उनले जानकारी दिए ।
साथै, प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रम संचालन गरिनुका साथै प्रदेश श्रमिक अभिलेखिकरणको थालनी गरिने भएको छ ।
