बागमती सरकारले भीमफेदी–कुलेखानी सुरुङ मार्गको निर्माण गरिने

तु खबर संवाददाता
२०७८ जेष्ठ २७,बिहीबार १७:३९

मकवानपुर । बागमती प्रदेश सरकारले भीमफेदी–कुलेखानी (पोष्टबहादुर) सुरुङ मार्गको निर्माण गरिने भएको छ ।

प्रदेश प्रमुख प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको घोषणा गरेका हुन् ।

उनले छोटो दुरीको सुरुङ मार्गको अध्ययन गरीने, चुरीयामाई सुरुङ मार्गको संरक्षण गरी अध्ययन केन्द्रको रुपमा विकास गरिने जानकारी दिए ।

साथै प्रदेश सरकारले १ सय ४७ वटा सडकको स्तरोन्नती कार्यलाई बहुवर्षीय कार्यक्रमका रुपमा अगाडि बढाइने भएको छ ।

प्रदेश चक्रपथको बाँकी रहेका निर्माण कार्य संचालन गरिने उनले बताए ।

यसैगरी, काठमाडौं उपत्यका काँठ चक्रपथ अन्तर्गको तीन वटै जिल्लाका सडकलाई स्तोरोन्नती गरीने छ ।

प्रदेश प्रमुख प्रसाईले मेघौली हेटौंडा मेटङो रेल संचालनका लागि सम्भाव्ता अध्ययन गरिने समेत जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*