बागमती प्रदेश सरकारले छोरी–बुहारी कार्यक्रमलाई निरन्तरता दिने
मकवानपुर । बागमती प्रदेश सरकारले छोरी–बुहारी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । प्रदेश सरकारले सामुदायिक क्याम्पसमा अध्ययनरत छोरी–बुहारी लागि वितरण गरिँदै आएको उक्त कार्यक्रमलाई निरन्तरता दिइने भएको बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले जानकारी दिए ।
प्रदेश प्रमुख प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।
साथै प्रदेश प्रमुख प्रसाईले एक जिल्लामा एक बाल विकास कक्षाको व्यवस्था गरिने पनि बताए ।
प्रदेश परिक्षा बोर्ड गठन गरी प्रदेशको माध्यमिक स्तरको पठनपाठनलाई व्यवस्थित गरिने, सामुदायीक विद्यालयको स्तर विकास गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिनुका साथै मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई पनि निरन्तरता दिइने उनले बताए ।
