आज सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहान सुनको भाउ प्रतितोला तीन सय रुयैयाँले घटेको हो ।
भाउ घटेसँगै बिहिबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
आज चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
