चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु
काठमाडौं । भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु भएको छ ।
सोमबार राति राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
सरकारी तथ्यांक अनुसार तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएका छन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट मृत्यु भएका परिवारको लागि राष्ट्रिय विपत्ति राहत कोषबाट २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले ट्वीटरमार्फत् घाइतेहरुलाई जनही ५० हजार रुपियाँ दिने घोषणा पनि गरेका छन् ।
