जसपाले टुंग्यायो मन्त्री नाम
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागि हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
जपा महन्थ ठाकुुर पक्ष जसपा एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागि हुने भएको हो ।
जसपा आठजना मन्त्री दुईजना राज्यमन्त्री सहित सरकारमा सहभागि हुन लागेको हो ।
जसपाबाट नेता महत्तोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ, र रेनुका गुरुङ मन्त्री बन्ने टुङ्गो लागेको हो ।
मन्त्रीको टुङ्गो लागेपनि मनत्रलयको भने टुंगिएको छैन् ।
मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल हुँदैछ ।
