बागमती प्रदेशसभा सचिवालयमा प्रदेश उच्च शिक्षा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा आज प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ ।
बागमती प्रदेशकी सामाजीक विकास मन्त्री सरस्वती बस्नेतले आज प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएकी छिन् ।
मन्त्री बस्नेतले उक्त विधेयक सरकारी विधेयकको रुपमा ६२ नम्बरमा दर्ता गराएकी हुन् ।
बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यका अनुसार संसदीय व्यवस्था अनुसार संसद सचिवालयमा आज दर्ता भएको उक्त विधेयक आगामी ५ दिनपछि संसदमा टेवुल हुनेछ ।
संसदमा टेवुल भएपछि आवश्यक अध्ययन र छलफल गरी संसद्बाट पास भइ ऐनको रुपमा परिमार्जन हुने उनले बताए ।
