निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीसाधनसहित चार जना मकवानपुर प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर मकवानपुर प्रहरीले बुधबार निषेधाज्ञा उल्लङ्घन गर्ने ८० वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ८० वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिएको हो ।
प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी गरी जम्मा ८० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, ती सवारीसाधनहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोलिले नियन्त्रणमा लिएको हो ।
साथै प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी ४ जनालाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यकक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
