मुख्यमन्त्री पोखरेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता

तु खबर संवाददाता
२०७८ बैशाख २६,आईतवार १२:२०
file-photo

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका गरी ४० जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित फेरी अविस्वासको प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गएको बैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो ।

तर अधिवेशन सुरु हुनु अघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । रानीनामापश्चात उनले बहुमतको सरकार दावी गरे ।

अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*