कोलोम्बियामा प्रदर्शनका क्रममा ३१ जनाको मृत्यु

एजेन्सी
२०७८ बैशाख २३, बिहीबार १६:४३

बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा सरकारले अघि सारेको कर वृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन् भने अरु ८७ जना बेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यो विवरण पछिल्लो एक हप्ताको मात्रै भएको इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड पिस स्टडीजले जनाएको छ । मृत्यु भएका मध्ये सबैभन्दा धेरै २४ जना देशको पश्चिमी काली सहरमा मृत्यु भएको सो संस्थाले जानकारी दिएको छ ।

कोलोम्बियामा ग्यासको मूल्यबृद्धि भएको र कर सम्बन्धी विधेयकमा गलत संशोधन गरिएको भन्दै विरोध प्रदर्शनहरु भइरहेका छन् ।

राष्ट्रपति इभान डुक्युले संशोधनका बारेमा पुनर्विचार गर्न सकिने आइतबार बताए पनि आन्दोलन भने जारी नै रहेको छ । आन्दोलन देशव्यापी हुँदै गएको छ । –एएनआई 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*