हेटौँडाको विजय राइस मिललाई अनुगमन स्थलमा नै ५० हजार जरिवाना
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर–२ हेडम्वी हाइटमा संचालनमा रहेको विजय राइस मिललाई ५० हजार जरिवान गरिएको छ ।
उक्त मिलमा सहायक प्रमुख जिल्ला अधिकारी चिञ्जीवी शर्माको नेतुत्वमा रहेको अनुगमन टोलीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञा पत्र बिना व्यवसाय संचालन तथा अरुको व्राण्डलाई पुनः प्याकिङ्ग गरी विक्री/वितरण गरेको भन्दै अनुगमन स्थलमा नै ५० हजार जरिवान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त अनुगमन टोलीले अन्य उद्योगहरुको व्राणलाई पुनः प्याकेजीङ्ग गरी आफ्नो उत्पादन बनाएर विक्री/वितरण गरेको र खाद्य वस्तुहरु अस्तव्यत अवस्थामा अखाद्य वस्तुहरुसँगै राखेको, उद्योगको बोर्ड नराखेको र उत्पादत बस्तुमा उपभोग मिति उल्लेख नगरेका कारण जरिवाना गरिएको सहायक सीडिओ शर्माले बताए ।
उक्त मिललाई जरिवाना बुझाउन र थप सुधारका काम गर्न ७ दिनको समय दिइएको छ ।

