विदाको दिनमा पनि बैंक संचालन गर्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार लगायत जुनसुकै विदाका दिनमा पनि बैंक तथा वित्तिय संस्था संचालन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एक सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई वर्षभरि नै असोज, पुष, चैत्र र असार मसान्तको अन्तिम हप्ता २५ गते र सो पछिको असार मसान्तसम्म शनिबारलगायत जुनसुकै विदाका दिन पनि बैंक तथा वित्तीय संस्था संचालनमा ल्याउन निर्देशन दिएको हो।
जारी सूचनामा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर, करदाता सेवा कार्यालयहरु, चेक क्लियरिङ गर्नको लागि अन्य बैंक तथा वित्तीय संस्था र क्लियारिंग हाउसका काउन्टरहरु पुर्णकालिन रुपमा खुला गर्न भनिएको छ ।



