स्थानीय तह शहीद स्मृति गोल्डकपः आज बागमती र अरास भिड्दै

तु खबर संवाददाता
२०७७ चैत्र ३, मंगलवार ०९:२५
file-photo

मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको आज अन्तराष्ट्रिय क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन र बागमती युवा क्लब सर्लाही भिड्ने भएको छ ।

उक्त प्रतियोगिता हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० वनविज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेलमैदानमा आज दिउँसो ३ बजेबाट सुरु हुने भएको हो । खेलको विजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा संचालन भइरहेको उक्त प्रतियोगितामा ए–डिभिजनका क्लबहरुसहित १० वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमशः नगद १० लाख र ५ लाखसहित ट्रफि प्राप्त गर्नेछ ।

यस्ते, प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्ने छन् ।

खेल यही चैत्र ७ गतेसम्म संचालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*