स्थानीय तह शहिद स्मृति गोल्डकपः संकटाविरुद्ध मछिन्द्रको १ गोल

तु खबर संवाददाता
२०७७ चैत्र २, सोमबार १८:३३

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता अन्तरगत आज भएको खेलमा संकटा क्लबलाई स्तब्ध पार्दै मछिन्द्र क्लबले जीत हात पारेको छ ।

मछिन्द्रले विदेशी खेलाडीसहित मैदानमा उत्रिएको संकटालाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।

मछिन्द्रको जितका लागि खेलको पहिलो हाफको २५ औं मिनेटमा जर्सी नम्वर १० का राजेश परियारले गोल गरे । गोल गरेलगतै नेपाली फुटबल टोली तथा मछिन्द्रका खेलाडी बिमल घर्ती मगरलाई उक्त गोल समर्पित गर्दै परियारले सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।

परियारको गोलसँगै अग्रता कायम गरेको मछिन्द्रले संकटालाई दबाबमा राख्न सफल भएको थियो ।

संकटाले खेलको निर्धारित समयमा कुनै पनि गोल गर्न सकेन । संकटाले खेलको दोस्रो हाफमा खेल केही सुधारेपनि खेलमा फर्कन पर्याप्त भएन ।

मछिन्द्रका राजेश परियारको गोल नै खेलमा निर्णायक गोल सावित भयो । खेलको म्यान अफ द म्याच पनि परियार नै घोषित भए ।

जितसँगै मछिन्द्रले सेमिफाइनल यात्रा तय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*