राष्ट्रिय तेक्वान्दोमा बागमती तेस्रो

तु खबर संवाददाता
२०७७ चैत्र १, आईतवार ०९:४३

मकवानपुर । प्रदेश नम्वर १ को इटहरीमा सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बागमती प्रदेश तेस्रो भएको छ ।

शुक्रवार र शनिबार भएको प्रतियोगितामा २ स्वर्ण, ४ रजत र ३ कास्यसहित बागमती प्रदेश तेस्रो स्थानमा रहन सफल भएको हो ।

प्रतियोगितामा ६ स्वर्णसहित लुम्बिनी प्रदेश प्रथम तथा ४ स्वर्णसहित विद्यालय खेलकुद महासंघ द्वितीय स्थानमा रहन सफल भएको छ ।

राष्ट्रिय तेक्वान्दो संघ इटहरीको आयोजनामा भएको प्रतियोगितामा बागमती प्रदेशका लागि मकवानपुरका सुरज स्याङ्बो (६३ केजी तौल) ले स्वर्ण जित्न सफल भए ।

यस्तै पुम्सेतर्फ संगीता तामाङले स्वर्ण पदक जित्न सफल भएको बागमती प्रदेश टिम व्यवस्थापक भोजराज पर जुलीले जानकारी दिए ।

यस्तै ५१ केजी तौल समूहमा चितवनकी छायादेवी आचार्यले रजत पदक जित्दा पुम्सेतर्फ १२ वर्ष भन्दा कम उमेर सम हमा मकवानपुरका आदित्य पराजुली, मकवानपुरकी सविता मोक्तान र १८ वर्ष उमेर समूहका मकवानपुरका सन्देश गौतमले रजत पदक जितेका छन् ।

मकवानपुरका प्रदीप पराजुली (३५–४० केजी तौल समूह), चितवनका राजन मल्ल (५८ केजी तौल समूह) र पुम्सेतर्फ धादिङकी सुस्मिता गुरुङले कास्य पदक जितेका छन् ।

पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । बागमती प्रदेशको टिम प्रशिक्षकमा दिपेन्द्र नेपाली रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*