स्थानीय तह शहीद स्मृति गोल्डकपः आज एपिएफ र बागमती भिड्दै
मकवानपुर । हेटौंडामा जाररी स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको आज चौथो दिन (आइतबार) सशस्त्र प्रहरी बल (एपिएफ) र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्प्रधा हुने भएको छ ।
उक्त प्रतियोगिता हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० वनविज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेलमैदानमा आज दिउँसो ३ बजेबाट सुरु हुने भएको हो ।
यस खेलमा जित हातपार्ने टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्नेछ । सेमिफाइन प्रवेशको लागि बिजेता टोलीले अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुनसंग भिड्नेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा संचालन भइरहेको उक्त प्रतियोगितामा ए–डिभिजनका क्लबहरुसहित १० वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमशः नगद १० लाख र ५ लाखसहित ट्रफि प्राप्त गर्नेछ ।
यस्ते, प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्ने छन् ।
खेल यही चैत्र ७ गतेसम्म संचालन हुनेछ ।
