नेपालले खेल्ने विश्वकप छनोटका बाँकी खेल कुवेतमा हुने
काठमाडौं । सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले खेल्न बाँकी ३ खेल कुवेतमा हुने भएको छ ।
यसअघि घरेलु मैदानमा खेल्ने तय भएका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंगको खेल कुवेतमा हुने गरी एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले सूचना जारी गरेको छ ।
एएफसीले शुक्रबार विश्वकप छनोट अन्तर्गत आठवटै समूहको बाँकी खेल आयोजक देशको सूची सार्वजनिक गरेको छ । नेपाल सम्मिलित समूहका सबै खेल कुवेतमा हुनेछ ।
कोभिड–१९ का कारण रोकिएको बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागेको एएफसीको भनाइ छ । यी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।
