स्थानीय तह शहीद स्मृति गोल्डकपः आज आर्मी र काठमाडौंबीच प्रतिस्प्रधा हुने
मकवानपुर । हेटौंडामा बिहिबारबाट सुरु भएको स्थानीय तह शहिद स्मृति गोल्डकप प्रतियोगिता अन्तरगत आज आर्मी क्लब र जावालाखेल युथ क्लब काठमाडौंबीच प्रतिस्प्रधा हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा जारी उक्त प्रतियोगिता दिउँसो २ बजेदेखि सुरु हुने भएको हो ।
मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाद्वारा आयोजित उक्त प्रतियोगिताको बिहिबार भएको उद्घाटन खेलमा आयोजक टोली मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा मकवानपुर–११ ले नवजनजागृती युवा क्लब सिमरालाई ४–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेल आगामी चैत्र ७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११, नेपाल आर्मी, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जवलाखेल युथ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, बागमती युवा क्लब सर्लाही, नवजनजागृती युवा क्लब सिमरा र अफ्रिकन रुट्स एसोसिएनले सहभागिता रहेको आयोजकले जनाएको छ ।
