सिमराको पोस्टमा मकवानपुरको ४ गोल

तु खबर संवाददाता
२०७७ फाल्गुन २७, बिहीबार १९:०१
file-photo

मकवानपुर । स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा आयोजक टिम जिल्ला फुटबल संघ मकवानपुरको ‘रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११’ विजयी सुरुवात गरेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि) खेल मैदानमा बिहिबारबाट सुरु भएको खेलमा नवजागृती युवा क्लब सिमरालाई ४–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर–११ ले विजयी सुरुवात गरेको हो ।

घरेलु खेल मैदानको फाइदा उठाउँदै मकवानपुर–११ ले सिमराको पोष्टमा ४ गोल गर्न सफल भएको थियो । दुवै टिमले पहिलो हाप १–१ को बराबर खेलेका थिए ।

पहिलो हापको २८ औं मिनेटमा मकवानपुर–११ का विमल रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अग्रता लिएको केहिबेरमा नै सिमराका तर्फबाट मोहित गुरुङले गोल र्फकाए पछि खेल बराबर हुन पुग्यो । समिराको तर्फबाट ३२ औं मिनेटमा मकवानपुरविरुद्ध मोहितले पहिलो गरेका थिए ।

दोस्रो हापका सुरुवातमा मकवानपुर–११ ले सिमरालाई दवावमा राख्दै ५७ औं मिनेटमा रञ्जन विष्टले मकवानपुरका लागि गोल गरे ।

रञ्जनको गोलसंगै अग्रता लिएको मकवानपुर–११ का विमल रानाले ६६ औं मिनेटमा पुनः व्यक्तिगत दोस्रो गोल गरेपछि सिमरा पछि प¥यो ।

मकवानपुर–११ ले अग्रता कायम राख्दै अमिर श्रेष्ठले खेलको ७७ औं मिनेटमा चौथो गोल गरेपछि मकवानपुर–११ ले बाजी मार्न सफल भयो ।

खेलमा व्यक्तिगत २ गोल गरेका राना खेलको म्यान अफ द म्याच घोषित भए ।

जितसंगै रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*