हेटौँडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकपको तयारी पुरा

तु खबर संवाददाता
२०७७ फाल्गुन २६, बुधबार १८:०६

मकवानपुर । हेटौंडामा भोली बिहिबारबाट संचालन हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी पुरा भएको जनाएको छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थानको चौरमा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन धुर्मुस–सुन्तली फाउण्डेशनका संचालक सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि फलामको प्याराफिटको निर्माण, स्टेज, स्वागत गेटलगायत सबै निमार्ण भइसकेको जनाएको छ । आयोजकले ४ हजार जना दर्शकले खेल हेर्न सक्नेगरी मैदानमा फलामको प्याराफिट निर्माण गरेको छ ।

चौरको सतह मिलाउने, चौर नाप्ने, स्वागत गेट सजाउनेलगायतका काम आज सक्ने गरी काम गरिरहेको आयोजकले बताएको छ ।

प्रतियोगितामा फागुन २७ गतेबाट चैत्र ७ गतेसम्म हुने आयोजकले जनाएको छ ।

खेलकुदको माध्यमबाट शहिदहरुप्रति सम्मान प्रकट गर्ने, स्थानीय तहमार्फत् खेलको विकास गर्ने, मकवानपुरे खेलाडीहरुको क्षमता प्रष्फुटन गर्ने, खेल क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हेटौँडालाई चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको मकवानपुर जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले बताए ।

प्रतियोगितामा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११, नेपाल आर्मी, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जवलाखेल युथ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, बागमती युवा क्लब सर्लाही, नवजनजागृति युवा क्लब सिमरा र अफ्रिकन रुट्स एसोसिएनको सहभागिता जनाउनेछन् ।

प्रतियोगितको उद्घाटन खेल आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र नवजनजागृति युवा क्लब सिमराबीच हुनेछ ।

प्रतियोगितामा प्रथम र दोस्रो टिमले क्रमशः नगद १० लाख रुपैयाँ र ५ लाख रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विद्यागत उत्कृष्ठ खेलाडीले जनही २५ हजार रुपैयाँ र म्यान अफ दि म्याच जित्ने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*