मेयर कपको उपाधि हेटौंडा–१० लाई

तु खबर संवाददाता
२०७७ फाल्गुन २५, मंगलवार ०९:३४

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर कपको उपाधि हेटौँडा–१० ले हात पारेको छ । मेयर कप फुटबलमा हेटौँडा –१८ र १० बिच भएको खेलमा ५–० गोल अन्तरले हेटौँडा –१० विजयी भएको हो।

विजयीहरुलाई उपमहानगर पालिकाका मेयर हरिबहादुर महतले पुरस्कार, शिल्ड, प्रमाणपत्र बितरण गरेका थिए ।

यसैगरी हेटौँडा १८ ले भने उपविजेतामा चित्त बुझाउनु परेका छ।

प्रतियोगिताको विजेतालाई नगद दुई लाख रुपैयाँ र उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र मेयर महतले हस्तान्तरण गरेका थिए।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मेयर कुप प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामा, प्रहरी बरिष्ठ उपरिक्षक मिरा चौधरी, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सानु लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीलगायतकाको आतिथ्यता थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*