बागमती प्रदेशबाट १७ खेलाडी छानिए
मकवानपुर । राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिताका लागि बागमती प्रदेशबाट १७ जना खेलाडी छानिएका छन् । शनिबार हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माविको खेल मैदानमा छनोट खेलको आयोजना गरिएको थियो।
छनोटका लागि मकवानपुर, भक्तपुर, ललितपुर, धादिङ र चितवन जिल्लाबाट ८० जना भन्दा बढी खेलाडी सहभागी भएका थिए। १२ जना तेक्वान्दो र ५ जना पुम्सेतर्फ खेलाडी छनोट भएको बागमती प्रदेश टिमका व्यवस्थापक भोजराज पराजुलीले जानकारी दिए ।
यही फागुन २८ र २९ गते १ नम्वर प्रदेशको इटहरीमा हुने प्रतियोगितामा सहभागी हुने टिमको प्रशिक्षकमा दिपेन्द्र नेपाली रहेका छन् ।
