बकैयामा वडास्तरीय फुटबल प्रतियोगिता आजबाट

तु खबर संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार १०:२४
file-photo

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ मा आजबाट वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।

वडा खेलकुद विकास समितिको आयोजनामा बकैया–७ भिरकोटमा प्रतियोगिताका खेलहरु हुने प्रचार संयोजक राजकुमार तिमल्सिनाले जानकारी दिए ।

आगामी सोमबार प्रतियोगिताको फाइनल खेल हुनेछ ।

प्रतियोगितामा वडाका ९ वटा टिमको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेता टिमले नगद १५ हजार रुपैयाँ र उपविजेता हुने टिमले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*