मेयर कप फुटबलः आज दुई खेल हुने
मकवानपुर । मकवानपुरको हेटौंडामा संचालन भइरहेको मेयर कप फुटबल प्रतियोगिता अन्तरगत आज सोमबार दुई खेल हुने भएको छ ।
हेटौंडाको हुप्राचौर खेलमैदानमा संचालन भइरहेको उक्त प्रतियोगिताका आज समुह डि को वडा नं. ५ ले वडा नं. ८ संग र समुह सि को वडा नं १८ ले १२ संग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, उक्त प्रतियोगिता अन्तर्गत आईतबार दुई खेल सम्पन्न भएको थियो । जसमा वडा नंं ४ र वडा नं. ७ विजयी भएको थियो ।
नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा संचालन भइरहेको प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियागिताको फाइनल खेल फागुन २४ हुनेछ ।
प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख रुपैयाँ, उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
