हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता आजबाट
मकवानपुर । हेटौंडामा आज शुक्रबारबाट मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
हेटौंडाको हुप्राचौरमा हुने उक्त प्रतियोगिता नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुने भएको हो ।
खेलको उद्घाटन् आज दिउासो २ बजे हुप्राचौरमा हुने आयोजकले जनाएको छ ।
आजबाट सुरु हुने मेयर कप प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १९ वटा टोलीको सहभागि रहने समिति अध्यक्ष चन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ र उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् ।
त्यस्त्ै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
