जनयुद्ध दिवस भव्यताका साथ मनाउने प्रचण्ड–नेपाल पक्षको निर्णय

तु खबर संवाददाता
२०७७ माघ ३०, शुक्रबार १५:१०
file-photo

काठमाडौं । प्रचण्ड–नेपाल पक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले एक सर्कुलर जारी गर्दै पार्टीका जिल्ला कमिटीहरुलाई ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवसको कार्यक्रम भव्यतापूर्वक गर्न अनुरोध गरेका छन् ।

फागुन १ गते तत्कालिन नेकपा माओवादीले नेपालमा जनयुद्ध शुरुवात गरेका थिए । हरेक वर्ष यो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*