मुख्यमन्त्री राई वैवाहिक बन्धनमा बाँधिए

तु खबर संवाददाता
२०७७ माघ ११, आईतवार १६:५४

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार राईले मोडल ज्याङ्मु शेर्पासँग वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

मुख्य राईका प्रेस संयोजक ध्रुव सुवेदीले राजधानीमा राई र शेर्पा दुबै परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।

वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो ।

४९ वर्षीय राईले आफू भन्दा २० वर्ष कम उमेर भएकी शेर्पासँग बिहे गरेका हुन् ।

शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । उनीहरु दुई केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*