काँग्रेसले संसद विघटनको विरोधमा देशब्यापी प्रदर्शन गर्ने
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए ।
विरोध प्रदर्शन कुन दिन गर्ने भन्ने विषयमा भने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।
