हेटौंडा भेट्रान्स कप फुटबल खेलको छैंटौ संस्करण आगामी माघ ६ गतेदेखि हुने
मकवानपुर । हेटौंडा भेट्रान्स कप फुटबल खेलको छैंटौ संस्करण आगामी माघ ६ गतेदेखी हुने भएको छ । हरेक वर्ष हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुँदै आएको उक्त प्रतियोगीता हेटौंडा–४, लोकतान्त्रिक खेल मैदान हुप्रचौरमा हुने भएको क्लबका अध्यक्ष दिपक बज्राचार्यले जानकारी दिए ।
उक्त प्रतियोगितामा १६ वटा टिमको सहभागीतामा रहने छ । त्यसको लागि हेटौंडा भेट्रान्स क्लबका सदस्य कविन साँगामीलाई कार्यक्रम संयोजकका रुपमा चयन समेत गरिएको छ ।
हेटौंडा भेट्रान्सले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ हरेक वर्ष प्रतियोगीता आयोजना गर्दै आएको छ ।
छैटौ संस्करणको प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख १ हजार १ सय ११ रुपँया तथा शिल्ड, द्धितिय हुने समुहले नगद ५१ हजार १ सय ११ रुपँया सहित शिल्ड र उत्कृष्ठ खेलाडीले १० हजार नगद पुरुस्कार प्राप्त गर्ने क्लबका उपाध्यक्ष नवराज बज्राचार्यले बताए ।
साथै खेलमा उत्कृष्ठ मिडफिलडर, फरवड्, डिफेन्डर, गोलकिप्पर र समुह कोचलाई समेत जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको म्यानअफ दी म्याच समेत घोषणा गरिनेछ ।
