बागमती प्रदेशसभाको सातौं अधिवेशन पुस तेस्रो साता हुने
मकवानपुर । बागमती प्रदेशसभाको सातौं अधिवेशन पुस तेस्रो साता बस्ने तयारी गरिएको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको सातौं अधिवेशन बस्ने तयारी गरिएको जानकारी दिए ।
बुधबार बागमती प्रदेशसभाका सभामुख श्रेष्ठ र उपसभामुख राधिका तामाङले पत्रकार सम्मेलनको आयोजना गरी उक्त सचिवालयद्वारा प्रकाशित प्रदेशसभाबाट पारित गरिएको विधेयक संग्रहसहितको एकिकृत टेलिफोन डाइरेक्ट्री सार्वजनिक गरेका छन् ।
सोही क्रममा सभामुख श्रेष्ठले प्रदेशसभाको सातौं अधिवेशनबारे जानकारी गराएका हुन् ।
प्रदेशसभाकोे पहिलो अधिवेशनदेखि छैठौं अधिवेशनसम्म पार गर्दा १७६ वटा बैठक सम्पन्न भएको छ । प्रदेशसभाको छैठौं अधिवेशनमा मात्रै २४ वटा बैठक बस्नुका साथै ७ वटा परामर्श समितिको बैठकमा छलफल गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
