विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढ्यो

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ ।
मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्।
यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो। अहिले ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।
दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन्। करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो। यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो।