मकवानपुरको मनहरीमा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७७ मंसिर १९, शुक्रबार १४:०१
file-photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । मनहरी खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीले आज मनहरीको रजैयामा भएको पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका हुन् ।

मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मदन भण्डारी क्षेत्रीय रङ्गशालामा हुने उक्त प्रतियोगिता आगामी मंसिर २७ गतेबाट हुने भएको हो ।

मनहरी गाउँपालिकाका ९ वटा वडामा रहेका विभिन्न टिमहरुका बीच प्रतियोगिता हुने जनाईएको छ ।

सो प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ, दोश्रो हुनेले ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र विभिन्न विधामा पुरस्कार आयोजकले जनाएको छ ।

समितिका अनुसार सम्बन्धित वडाको सिफारिशमा आएका टिमले सहभागिता जनाउन पाउने र प्रतियोगितामा भाग लिने खेलाडी समेत सोही वडाको नागरिक हुनु पर्ने प्रावधान रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा गाउँपालिकाका कार्यकारी प्रमुख देवराज चौलागाई, खेल सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मदन भण्डारी क्षेत्रीय रङ्गशालामा हुने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*