कैलाशमा विभिन्न पार्टी परित्याग गरी ४७ जना कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७७ मंसिर १५, सोमबार १५:३३

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ गोलढुंगामा विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार नेपाली काँग्रेस कैलाश गाउँपालिका वडा नम्बर ५ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४७ जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

कैलाश ५ का वडासभापति एवम् जिल्ला सदस्य रत्नबहादुर गोलेको सभाध्यक्षता भएको कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमूख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुर कांग्रेसका प्रवक्ता प्रदिप कोइराला, सल्लाहकारहरु उमा दाहाल, भरत पराजुली, महासमिति सदस्य भरत लामा, बागमती प्रदेशसभा सदस्य सन्त चेपाङ, जिल्ला सदस्यहरु मिरा स्याङतान, दीपेन्द्र मल्ल, प्रदेश २ ख का क्षेत्रीय सभापति लोक मुक्तान, क्षेत्रीय सदस्य तथा कैलाश १० का वडाअध्यक्ष माणिकलाल मुक्तान, कैलाश ६ का वडाअध्यक्ष ठूलोकान्छा लामा, कैलाश ७ का वडाअध्यक्ष राजेन्द्र घिसिङ, कैलाश ६ का वडासभापति कृष्णबहादुर मुक्तान, कैलाश १ का वडासभापति शिवराज मुक्तान, विद्यार्थी नेता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*